Open 24 Hours
9867976785

Blog

बालबालिका अस्पताल आउने प्रमुख कारणहरु मध्य एक कारण कब्जियत हो। हरेक ३ जना बालबालिकामा एकजनामा कब्जियतको समस्या कुनै न कुनै रुपमा देखिन्छन् । २ वर्ष देखि ४ वर्षको उमेर समूहका बालबालिकामा कब्जियतको समस्या धेरै देखिन्छ। आमाको दूधबाट बट्टाको वा गाई भैँसीको दूधमा जाँदा या ठोस खानेकुराहरु सुरु गर्दा विशेषगरी यस्तो समस्या देखिन्छ। ट्वाइलेट ट्रेनिङ्ग सुरु गर्दा पनि यस्तो हुन्छ।

यदी तपाईँको बालबालिकाले हप्तामा ३ पटक भन्दा कम दिसा गरेको छ या दिसा सार्हो आउँछ,दिसा गर्न गार्हो हुन्छ र खुला भएर पुरा दिसा निस्कदैन भने यो कब्जियतको लक्षण हुन सक्छ।

कारणहरू

बालबालिकाहरुमा कब्जियत हुने कारणमा  उनीहरूको खानपीन तथा क्रियाकलापहरु प्रमुख रुपमा पर्दछ भने जटिल आन्तरिक रोगहरु नगन्य मात्र हुने गर्दछन्।

खानपिन

पानी तथा फाइबरयुक्त खानेकुराहरु कम खाने बालबालिकामा कब्जियतको समस्या धेरै देखिन्छ। फाइबरले पेटमा गएपछि पानी सोसेर दिसालाई नरम बनाउँछ र आन्द्रा भित्र प्रबाह हुन सहयोग गर्दछ। सागसब्जी ,फलफुल तथा नफलेको अन्नमा फाइबरको मात्रा धेरै हुन्छ। विशेषगरी चिल्लो, मसलादार तथा मैदाबाट बनेको खानेकुरा र गाई भैसी दुध धेरै खाने शिशुमा  कब्जियतको समस्या धेरै हुन्छ।

दिसा रोकेर बस्ने

बालबालिकाहरु टीभी, मोवाइल चलाउँदा या खेलिरहेको बेलामा दिसा लाग्दा पनि रोकेर बस्ने हुँदा दिसा झन् सार्हो भएर जम्छ र पछि दिसा गर्दा गार्हो हुन्छ। फलस्वरूप उनीहरू दिसा गर्न डराउँछन् र झन् रोक्ने गर्दछन्। यसले एक किसिमको कब्जियतको चक्रीय प्रणाली बनाउँछ र समस्या झन् जटिल हुन जान्छ।

मनोभाव

कतिपय बालबालिकाहरु आफूले प्रयोग गरिरहेको ट्वाइलेट मात्र प्रयोग गर्न खोज्ने मनोभावका कारण बाहिर, स्कूलमा सौच गर्नबाट बच्न खोज्छन् । ट्वाइलेट ट्रेनिङ्ग गर्ने समयमा पनि यो समस्या झनै धेरै देखिन्छ। घर तथा स्कूलमा हुने तनाव पनि कब्जियतको कारण हुन सक्छ।

कसरत नगर्नु

नियमित कसरत गर्नाले आन्द्राको मांशपेशी चलायमान बनाउँछ र मलमुत्र छिटो सन्चालन गर्न मद्दत गर्दछ भने कम मात्र शारीरिक कसरत गर्नेमा कब्जियतको समस्या धेरै देखिन्छ।

औषधीको सेवन

नसाको औषधी, पेन किलर तथा आइरनको सेवन गर्ने बालबालिकामा पनि कब्जियतको समस्या देखिन सक्छ।

आन्तरिक रोगहरू

बालबालिकामा कब्जियत हुने कारणहरु मध्ये निकै कम मात्रामा आन्तरिक रोग हुने गर्दछन् । थाइराइडको समस्या, मालद्वारको नसा राम्ररी विकास नहुनु तथा मेरुदण्डको समस्या आदि बालबालिकामा कब्जियतको कारण मध्य एक कारण हुन्।

लक्षणहरु

• दिसा कम गर्ने

• दिसा गर्दा कन्नु पर्ने/ लामो समय लाग्ने

• दिसा ठूलो र सार्हो आउने

• दिसा गर्दा दुख्ने रुने

• पेट दुख्ने/फुल्ने

• दिसा चुहिने

• भोक नलाग्ने

• पटक पटक पिसाबको संक्रमण भइरहने

घरेलु उपचार

प्रशस्त पानी पिलाउने: पानीले दिसालाई नरम बनाउँछ र अन्द्राभित्र सञ्चालन गर्न सहज बनाउँछ। शिशुहरूलाई दैनिक ३-४ गिलास पानी दिन सक्नु हुनेछ । अङ्गुर, स्याउ , नास्पाती , आरुबखडाको जुस ६०-१२० मिलिलिटर सम्म दैनिक दिन सक्नुहुन्छ।

फाइबरयुक्त खानेकुरा:

सागसब्जी, फलफुल तथा नफलेको अन्नहरुमा धेरै फाइबर पाइन्छ जसले पानी सोसेर दिसालाई नरम बनाउँछ। बच्चा हरुले यस्तो खानेकुरा मन नपराउन सक्छ । सुरुमा कम मात्रामा सुरु गरेर बिस्तारै बढाउन सकिन्छ। स्याउ अंगुर नासपाती, आरुबखडा, पाकेको केरा, गेडागुडी, गाँजर ,काँक्रो आदि प्रशत्त फाइबर हुने खानेकुरामा पर्दछन्। एक वर्षभन्दा ठूलो शिशुलाई अधिकतम ५०० मिलिलिटर सम्म दुध खुवाउन सक्नुहुन्छ।

नियमित सौच गर्ने

नियमित एकै किसिमको समय छुट्याएर हरेक दिन २ पटक शौच गर्नको लागि प्रोत्साहित गर्ने। विशेष गरी खाना खाए पछिको समय शौच गर्न लगाउँदा राम्रोसँग निस्किने सम्भावना धेरै हुन्छ। शौचालयमा कम से कम १० मिनेट बस्नको लागि प्रो्साहित गर्नुहोला। अनावश्यक दवाव नदिनु उपयुक्त हुन्छ।

समयमा खाना खुवाउने

नियमित समयतालिका बनाएर खाना खुवाउँदा पाचन प्रणालीलाई सोही अनुसार उत्साहित गर्दछ।

कसरत

दैनिक शारीरिक कसरत जस्तै दौडिने, उफ्रने, पौडिने क्रियाकलाप गर्न प्रोत्साहन गर्नुहोला।

धैर्य गर्नु होला धेरै बालबालिकामा बिस्तारै खानपिन तथा क्रियाकलापहरु सुधार हुँदै जाँदा कब्जियतको समस्या पनि कम भएर जान्छ।

औषधी

दिसा नरम बनाउने औषधीहरु औषधी पसलमा पाइन्छन् तर चिकित्सकको परामर्श बिना जथाभावी खुवाउनु हुँदैन।ल्याक्टुलोज, पोलीइथाइलिन ग्लाईकोल, स्पागोल तथा ग्लिसिरिन बालबालिकाको कब्जियतमा प्रयोग गरिने चलनचल्तीका औषधी हुन।

डक्टरलाई कहिले देखाउने

• जन्मेको २४-४८ घण्टा भित्रमा दिसा नगरेमा

• बच्चा दुब्लाउँदै गएमा

• खाना नखाएमा

• पेट फुलेमा / दुखेमा

• दिशामा रगत देखिएमा

• ज्वरो आँउने

• उल्टी आउने

• दिसा पिसाव चुहिने

डा लक्ष्मण परियार

बालरोग विशेषज्ञ

स्वस्थ रुपमा बालबालिकालाई हुर्काउनु केही चुनौतीपूर्ण काम हुन सक्छ। बालबालिकाको समग्र आवस्यकतालाई ध्यानमा राखेर निम्न ५ कुरामा विशेष ध्यान दिनुभएमा सहज बनाउन सकिन्छ।

१. समयतालिका अनुसार खाना खुवाउने

बच्चालाई सधैं समय तालिका बनाएर सो अनुसार समयमा नै खाना खुवाउने बानी बसाल्नु होला। खाजा खाने समय भने खानाको बीचमा छुट्याउनु होला। छिटो छिटो खाना खुवाउँदा उनीहरूलाई खाना प्रति वितृष्णा हुन सक्छ भने धेरै ढिलो खाना खुवाउँदा धेरै भोक लाग्ने र धेरै खाने हुन सक्छ। त्यस्ता बालबालिकाहरुमा पाछि अस्वस्थकर खानपिन,  मोटोपनको खतरा रहन्छ। टिभी मोबाइल देखाएर खाना खुवाउँदा उनीहरूले आफ्नो भोक को सही अनुभब गर्न सक्दैनन् र गलत खानपिनको आदत बन्न सक्छ।

२. पोषणयुक्त सन्तुलित भोजन

बच्चाहरुको हड्डी तथा मांसपेशीको वृद्धि विकासका लागि प्रोटीन अत्यधिक जरुरी हुन्छ। प्रोटीनले उनीहरूको शरीरलाई चाहिने ऊर्जा प्रदान गर्नुका साथै सुगरयुक्त खानेकुराको तुलनामा लामो समयसम्म भोकलाई नियन्त्रण पनि गर्न सक्छ।  त्यसैले उनीहरूको खाना तथा खाजामा प्रशस्त प्रोटीन युक्त खानेकुराहरु मिलाउनु होला। दुध, दही,अण्डा, माछा, मासु, नट्सहरुमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ।  बच्चाहरुलाई स्वस्थकर फ्याटको लागि एभोक्याडो, बोसोयुक्त माछा तथा नट्स हरू खुआउनु होला। उनीहरूले खाने खानाको तीन भागमा एक भाग साग सब्जी तथा फलफुल हुन जरुरी रहन्छ।

३.स्वाद

बच्चाहरूको गुलियो प्रति झुकाव धेरै हुन्छ। सानो उमेरमा नै गुलियो खानेकुरा सुरु गरिएका बालबालिकाहरुमा पछि साग सब्जी कम खाने सुगर बढी भएका जंकफूड धेरै खाने मोटोपनको सिकार हुने खतरा धेरै रहन्छ। नयाँ खाने कुरा सुरु गर्दा ३-५ दिनको समय दिएर थोरै मात्रामा दिई बिस्तारै बढाउँदै लैजान सकिन्छ । यसले उनीहरुमा उक्त खाना प्रति जिज्ञासाका साथै स्वीकार्यता पनि बढ्नजान्छ ।

४.बाहिरी क्रियाकलाप

आफ्ना बाबु नानीहरुलाई घर बाहिर लिएर जानुहोला यसले उनिहरुलाइ भिटामीन डी प्रदान गर्नुका साथै शाररिक मानसिक विकास मा पनि सहयोग गर्दछ। अरू  व्यक्तिहरुसँग घुलमिल हुँदा उनीहरुको व्यक्तित्व विकासमा पनि यसले सकारात्मक असर गर्दछ।

५. पर्याप्त निद्रा

पर्याप्त रूपमा रातिको समयमा सुत्नु बालबालिकाको समग्र शारिरीक तथा मानसिक बृद्धि विकासको लागि जरुरी हुन्छ । निद्रा अपुग भएका बालबालिकामा सोच्ने, सम्झिने क्षमता कम हुनुका साथै  पढाइमा पनि कमजोरी हुने खतरा रहन्छ।

शिशुको नाभिको हेरचाह

मेलाटोनिन एक हर्मोन हो जुन हाम्रो मस्तिष्कमा।भएको पाइनियल ग्रन्थीले बनाउँछ र यसले हामी सुत्ने उठ्ने चक्रीय प्रणाली निर्धारण गर्न महत्वपुर्ण भूमिका खेल्छ।
त्यसो त  मेलाटोनिन विभिन्न सप्लिमेन्टको रुपमा बजारमा उपलब्ध छन् तर हामीले विभिन्न उपायहरु अवलम्बन गरेर प्राकृतिक रुपमा नै बढाउन पनि सकिन्छ।

१. अँध्यारोमा बस्नुहोस्
उज्यालो प्रकाशमा यसको उत्पादन कम हुन्छ त्यसैले तपाईं अँध्यारोमा केहि समय बस्नु भयो भने मेलाटोनिनको मात्रा बिस्तारै बढ्न सक्छ र तपाईंलाई निद्रा पनि लाग्दछ।
सुत्नुको केही समय अगाडि नै मोबाइल टि भी र चम्किलो प्रकाशबाट हटाउनु निद्राको लागि उत्तम मानिन्छ।

२ सुत्ने समय तालिका बनाउने
नियमित रुपमा एकै समयमा सुत्ने र उठ्ने तालिका बनाई त्यसलाई पालन गर्नाले हाम्रो शरीरको घडी पनि त्यही अनुसार निर्धारण हुन्छ र ग्रन्थीले सोही समयमा चक्रमा नै मेलाटोनिन उत्पादन गर्दछ र तपाईंलाई समयमा सुत्न र  उठ्न बानी पर्दछ।

३. नियमित कसरत गर्नुहोस्
नियमित कसरत गर्नाले तपाईंको शरिरमा मेलाटोनिनको स्तर बढाउँछ र निद्राको गुणस्तर पनि बढाउँछ। तर सुत्नु आगाडी भने कसरत नगर्नुहोला यसले तपाईंलाई उत्तेजित बनाइ निद्रा बिगार्न सक्छ।
४. तनाव कम गर्नुहोस्
धेरै तनाव लिनाले मेलाटोनिनको उत्पादनमा असर गर्ने भएकोले निद्रा चक्रलाई बिगार्छ। दैनिक ध्यान, योगा तथा श्वासप्रश्वास अभ्यास गर्नाले मेलाटोनिनको मात्र बृद्धि गरी निद्रा बढाउँछ।
५. मेलाटोनीन युक्त खानेकुरा
बदाम, चेरी जस्ता खानेकुरामा मेलेटोनीन बन्न आवश्यक पदार्थहरु प्रशस्त पाइने हुनाले यस्ता खानेकुराको सेवनले मेलाटोनिनको मात्र बढाउँछ र निद्राको गुणस्तर बढाउँछ
६. सप्लिमेन्ट
प्राकृतिक रुपमा गरेका उपायहरु पर्याप्त भएनन्
भने सप्लिमेन्ट पनि सक्नुहुन्छ तर यसको अत्यधिक प्रयोगले तपाईँको स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ। यो सिफारिस गर्दाको सबै सुझावहरु पालन गर्नुहोला।
अन्त्यमा, प्रकृतिक तरिकाहरू आफ्नो जीवनमा अपनाएर नै प्रयाप्त मेलाटोनिन बनाउन सक्नु भयो भने तपाईंको निद्राको गुणस्तर र स्वस्थ्यको लागि उत्तम उपाय हुन सक्छ।

शिशु गर्भावस्थामा आमाको कोखमा हुँदा आमाबाट निरन्तर रुपमा अक्सिजन र पौष्टिक तत्त्व प्राप्त गर्न आमा र शिशुको बीचमा रगतको नसाको नली हुन्छ जसलाई Umbilical cord भनिन्छ। यसमा २ दुईवटा आर्टरी र एक भेन हुन्छ, जसले आमाबाट शिशुमा अक्सिजन र पौस्टिक तत्व पुर्याउँछ भने शिशुको रगतमा बनेका विकारहरु आमको शरीरमा फिर्ता पठाउँछ।

बच्चा जन्मे पछि भने शिशुले आफै सास फेर्ने ,दूध खान सक्ने  र पिसाब गरेर आफ्नो विकारहरु फाल्ने हुँदा यसको जरुरी पर्दैन अनि  रगतका नसाहरू पनि बिस्तारै सुक्दै जान्छन्। त्यसैले यसलाई बाँधेर काटिने गरिन्छ।यसमा स्नायु नसा नहुने भएकोले काट्दा बाँध्दा दुख्दैन। सफा र सुख्खा राख्नु भयो भने बिस्तारै सुक्दै जान्छ र १-३ हप्ता भित्रमा सुकेर आफै खस्छ। जबर्जस्ति तानेर निकाल्ने कोशिश गर्नु हुँदैन।

नाभिको संक्रमण भएमा यो फैलिएर शिशुलाई संक्रमण हुने खतरा धेरै हुने भएकोले यसको हेरचाह र सरसफाईमा विशेष ध्यान दिनुहोला।

कसरी हेरचाह गर्ने?

१. डायपर लगाउँदा नाभी भन्दा तल र नाभीलाई बाहिर पार्ने गरी लगाउनु होला

२ नाभी नझर्दा सम्म शिशुलाई स्पन्ज बाथ दिनुहोला, नाभी झरे पछि भने बाटामा राखेर सामान्य तरिकाले नुहाउन सकिन्छ। नाभिमा दिसा/पिसाब लागेको कारणले पानीले पखाल्नु परेमा केहि बेर हावामा राखेर सुख्खा बनाउनु होला।

३. नाभी अगाडि झरेको राम्रो हो तर मासिनो त्यान्द्रोले मात्र अडेको छ भने पनि आफैले तानेर झार्ने कोशिश नगर्नु होला

४. नाभिमा संक्रमणको संकेत जस्तै नाभी सुन्निने, रातो हुने, पीप आउने वा दुख्ने भएमा डाक्टरसँग परामर्श गर्नुहोला।

५. यसलाई सफा र सुख्खा हावामा राखेमा छिटो झर्दछ तर यसमा पानी ,तेल, स्पिरिट जस्ता कुरा हरु नलगाउनु होला।

नाभी झरेको केही दिनसम्म हलुका रगत आउन सक्छ, धेरै रगत बगेमा भने डाक्टर लाई तुरुन्त देखाउनु होला र केही दिन सम्म सपोन्ज बाथ दिनुहोला

नाभीको संक्रमणका लक्षणहरू

• नाभीबाट पीप आउने

• ज्वरो १००.४°f भन्दा धेरै आउने

• नाभिको वरिपरिको छाला रातो हुने सुन्निने

• शिशु धेरै सुत्ने लठ्ठा हुने

• दूध नचुस्ने धेरै रुने

नाभीको संक्रमण धेरै छिटो फैलिन भएकोले तुरून्त डाक्टरसँग परामर्श गर्नुहोला।

डा लक्ष्मण परियार

बालरोग बिशेषज्ञ

  दुबी एक किसिमको छालाको रोग हो जसमा छालाको रंग नष्ट हुँदै जान्छ र सेतो धब्बाहरु देखिन्छन्। जुन बिस्तारै बढ्दै गएर अरु भागमा पनि फैलिँदै जान्छ।यसको वरिपरिको रौं पनि सेतो हुन सक्छ।

कसैमा यो सानो भागमा मात्र हुन्छ भने कसैमा धेरै भागसम्म फैलिन सक्छ। कसमा यो नियन्त्रित हुन्छ या कसमा यो सबै भागमा फैलिन सक्छ भनेर अगाडि नै अनुमान गर्न सकिँदैन। तर धेरै जसोमा भने यो  धेरै भागसम्म फैलिएर असर गर्दछ।

धेरैको सोच विपरित यो कालो या सेतो दुवै रङको छाला भएका व्यक्तिमा हुन सक्छ। गाढा छाला भएको व्यक्तिमा यो धेरै स्पष्टसँग भने देखिन सक्छ।

यो सरूवा रोग हो?

होइन

उपचार छ?

यो रोगको उपचार नै त छैन तर छालाको रङ्गको पुनर्स्थापना भने गर्न सकिन्छ।

उपचारका प्रकारहरू

•स्टेरोइड क्रीम

•लेजर लाइट थेरापी

•शल्यक्रिया

फैलिनबाट रोक्न सकिन्छ?

छालाको रङ्ग फर्काउन र  फैलनबाट रोक्न छालाको डाक्टरले औषधी प्रयोग गर्न सक्नुहुन्छ।

यस्तो छालालाई घामले छिटै डढाउने हुनाले घामबाट जोगाउन धेरै जरूरी हुन्छ। छायाँमा बस्ने, लामो कपडा लगाउने, सनस्क्रिन लगाउने गर्नाले घाम बाट बचाउन सकिन्छ।

हुनबाट बचाउन सकिन्छ?

सकिँदैन, तर समयमा नै उपचार सुरु गरेमा प्रभावकारी ढंगबाट नियन्त्रण गर्न सकिन्छ। ढिलो भएको अवस्थामा उपचार प्रभावकारी नहुन सक्छ।

छालाको रङ्ग  कम हुने अरु रोग पनि हुन सक्छ जसको निदान तथा उपचार गर्न सकिन्छ।

कलेजो हाम्रो शरीरको सबैभन्दा ठुलो र महत्वपुर्ण अङ्ग हो यसले शरिरमा बनेका विकारहरु नष्ट गर्नुका साथै सुगर, कोलेस्टेरोल लगायत रसायन  नियन्त्रण गरी पाचन प्रणालीमा सहयोग पनि गरिरहेको हुन्छ। कलेजोको कोषहरू नष्ट हुँदा स्वस्थ कोषबाट पुन नयाँ कोषहरू बनाएर समन्यनरुपमा नै फर्किन सक्ने अद्भुत क्षमता हुन्छ। तर एक सीमा पुगेपछि कालेजो नया कोषहरु बनाउन सक्दैन र कलेजो सुक्दै जान्छ जसलाई सिरोसिस Cirrhosis भनिन्छ। यस अवस्थामा भनें  कलेजोको ट्रान्सप्लान्ट गर्नु नै एक मात्र विकल्प हुन आउँछ।

यहाँ १० संकेतहरूको बारेमा कुराकानी गर्दैछौं जसले तपाईंको कलेजो विग्रदैछ भन्ने सङ्केत गर्दछl

१.आँखा पहेंलो हुने अर्थात जन्डिस:

जन्डिस कलेजो बिग्रिएमा सबै भन्दा धेरै देखिने सङ्केत हो । यो शरीरमा बिलिरुबिन भन्ने रसायन बढेर देखिन्छ। जसलाई सामान्य रुपमा भने कलेजो ले पित्तको रुपमा निकासा गरिरहेको हुन्छ।

२. सेतो फुस्रो दिसा

दिसाको खैरो रङ्ग पित्तको कारण हुन्छ, जुन कलेजोले बनाउने गर्दछ। त्यसैले जब कलेजोले काम गर्न छोड्छ र कम मात्रामा पित्त आन्द्रामा पुदछ दिसाको रंग पनि सेतो, फुस्रो हुँदै जान्छ।

३.थकान लाग्ने/ गल्ने

कलेजोले नै हामीले खाएको खानाबाट रासायनिक प्रतिक्रिया गरेर ऊर्जा निकाल्ने गर्दछ । जब कलेजो कमजोर हुँदै जान्छ भने ऊर्जा पनि कम हुँदै जाँदा तपाईंलाई धेरै थकान लाग्ने शरीर गल्ने हुन सक्छ।

४: गाढा पहेंलो पिसाब

कलेजोले हाम्रो शरीरमा बन्ने बिलिरुबिनलाई पित्तको रुपमा निकास दिइरहेको हुन्छ तर खराब कलेजोले यो काम गर्न सक्दैन  धेरै भएको बिलिरुबिन पिसाबमा देखिन्छ र यसैले गर्दा पिसाबको रंग तोरीको तेल जस्तो  गाढा पहेंलो देखिन्छ

५: वाकवाकी लाग्ने

कलेजोले बनाउने पित्तले पाचन प्रकियामा महत्वपुर्ण भुमिका खेल्छ त्यसैले कलेजोमा समस्या भएमा खान अरुचि हुने, वाकवाकी लाग्ने , उल्टी हुने समस्या देखिन्छ।

६: पेट दुख्ने/ फुल्ने

विशेष गरी माथिल्लो दाहिने पेट दुख्ने र ढुस्स पेट फुल्ने र छुँदा दुखाई बढ्ने भएमा कलेजो संक्रमण भएर सुन्निएको हुन सक्छ

७. निलडाम/ रक्तश्राव

कलेजोले रगत जमाउने पदार्थहरू (Clotting factors) बनाउँछ त्यसैले कलेजो खराब भएको अवस्थामा त्यस्ता पदार्थ बन्न नसक्ने हुँदा बिना कुनै कारण शरीरबाट रक्तस्राव हुन सक्छ जस्तै भने नीलो रातो दाम हरू छलभित्र देखिन सक्छन्

८. छाला चिलाउने

तपाईंलाई शरीर धेरै चिलाउँछ र विषेशगरी खुट्टा हात चिलाउँछ भने तपाईंको कलेजमा समस्या हुन सक्छ

९. शरीर सुन्निने

कलेजो बिग्रिँदा शरीरले पानी नियन्त्रण गर्न सक्दैन र शरीर पानी जम्न जान्छ। विशेष गरी पेट ,खुट्टा, गोलीगाँठो सुन्निएको छ भने तपाईंलाई कलेजोको रोग लागेको हुन सक्छ।

१०. होस् कमजोर हुने

विशेषगरी जटिल अवस्थामा पुगेपछि शरीरमा विकार रसायनको मात्रा निकै बढेर होस् हराउने, सम्झन नसक्ने जस्ता समस्या आउँछन्।

तपाईंलाई यस्ता सङ्केत देखिएको अवस्थामा तुरुन्त चिकित्सकसँग परामर्श गर्नुहोला र समयमा नै उपयुक्त उपचार गरेको अबस्थामा कलेजो पुर्ण रुपमा सामान्य अबस्थामा फर्किन सक्छ।

हिँड्ने दौडिने उमेरका धेरै साना बालबालिकाहरु विशेषगरी रातिको समयमा खुट्टा, पिडौला, कुर्कुच्चा, तिघ्रा आदि दुखेर छट्पटाउन सुत्न नसक्ने हुन्छन् जसलाई Growing Pain भनिन्छ।बच्चाहरु हिँड्न सुरु गरेको केही समयपछि यो देखिन सुरु हुन सक्छ र मुख्यरुपमा ५ देखि१२ वर्षको उमेर समुहमा धेरै देखिन्छ। केही समय यहाँले मालिस गर्दा उनीहरूलाई आराम दिन्छ र सुत्न सहज बनाउँछ।दिउँसोको समयमा भने कुनै समस्या नै नभएको जस्तो गरी बालबालिकाहरु  खेल्ने दौडिने समान्य रुपमा नै गरिरहेका हुन्छन्। धेरै  रात जसो रुपमा दोहोरिरहने गर्दा धेरै  अविभावकहरुलाई यसले धेरै तनाव दिएको देखिन्छ। बिचमा कुनै दिन भने कुनै समस्या नभई आरामले सुत्न सक्छन्। यो बालबालिकाको विकासक्रमको एउटा पाटो हो र उमेर बढ्दै जाँदा बिस्तारै हराएर जान्छ।

कारण

यो उमेरमा बच्चाहरूको बृद्धि विकासपनि सँगै हुने भएर growing pain भनेको भएता पानी हड्डीको वृद्धिले भएको चाई होइन बरु यो उमेरका बालबालिकाहरु खेल्ने दौडिने कुद्ने उफ्रने धेरै गर्दा यसलले उनीहरूको मांसपेशी तन्किने, गल्ने भएर दुखेको भन्नेमा भने धेरै जसो डाक्टरहरु को एकमत भएको देखिन्छ। कहिलेकाही भिटामिन डी तथा क्याल्शियमको कमी हुँदा र शरीरमा पानीको मात्रा धेरै कम हुँदा पनि यस्तै समस्या देखिन सक्छ।

जाँच/निदान

धेरै जसो डाक्टरले निम्न ३ लक्षण लाई मध्यनजर गरेर यसको निदान गरेको पाइन्छ

  • विशेषरूपमा रातिको समयमा दुख्छ र मालिस गर्दा कम हुन्छ
  • दिनको समयमा सबै क्रियाकलापहरु एकदम सामान्य हुन्छ
  • जाँच गर्दा बच्चा स्वस्थ देखिन्छ र कुनै समस्या देखिदैन

तर कुनै अरु लक्षणहरु देखिएको अवस्थामा डाक्टरले अरु जाँचहरु जस्तै रगतको जाँच, एक्सरे गर्न सक्नुहुन्छ

उपचार

वच्चाको दुखाई कम गर्न निम्न उपाय हरु अपनाउन सक्नुहुन्छ

  • मालिस गर्ने
  • तातो पानी या तौलियाले सेक्ने
  • मांशपेशी तन्काउने व्यायम गर्ने
  • यसले दुखाइ कम नभएमा परसिटामोल खुवाउने

डाक्टरलाई कहिले देखाउने

  • माथिको उपाय गर्दा पनि दुखाई कम नभएमा
  • दिउँसोको समयमा पनि दुखेमा
  • हिँडडुल गर्न नसकेमा / मालिस गर्दा दुखाई बढेमा
  • नियमित ज्वरो आएमा
  • बच्चा सेतो हुँदै गएमा
  • शरीरमा गिर्खा हरू देखिएमा
  • जोर्नी दुख्ने, सुन्निने,रातो हुने आदि हुँदा

अन्तमा Growing Pain बालबालिकाहरु बढ्ने क्रममा देखिने एउटा सामान्य समस्या हो। उमेर बढ्दै जाँदा यो कम हुँदै जान्छ। डक्टरसँगको उचित परामर्शबाट यसको तनाव कम गर्न सकिन्छ भने उपयुक्त उपचार विधि पनि अपनाउन सक्नुहुन्छ।

In the quest for optimal health, nature often provides us with remarkable solutions, and beet juice stands out as a shining example. Bursting with vibrant color and brimming with essential nutrients, beet juice offers a plethora of health benefits that make it a valuable addition to any diet.

The Nutritional Powerhouse:

At the heart of beet juice’s health benefits lies its rich nutritional profile. Beets are packed with vitamins, minerals, and antioxidants that support overall well-being. A single cup of beet juice typically contains:

  • Vitamin C: Essential for immune function and collagen production.
  • Folate: Crucial for DNA synthesis and cell repair.
  • Potassium: Helps regulate blood pressure and muscle function.
  • Iron: Vital for oxygen transport and energy production.
  • Dietary Fiber: Supports digestive health and promotes satiety.

Health Benefits:

1. Improved Exercise Performance:

Beet juice is renowned for its ability to enhance athletic performance. Its high nitrate content converts into nitric oxide in the body, which dilates blood vessels, improving blood flow and oxygen delivery to muscles. This effect can lead to increased endurance, reduced fatigue, and improved exercise efficiency.

2. Lower Blood Pressure:

Several studies have demonstrated beet juice’s remarkable ability to lower blood pressure. The nitrates in beet juice promote vasodilation, helping to relax and widen blood vessels, which can lead to a reduction in both systolic and diastolic blood pressure levels.

3. Enhanced Digestive Health:

Beet juice is a rich source of dietary fiber, which plays a crucial role in digestive health. Fiber promotes regular bowel movements, prevents constipation, and supports the growth of beneficial gut bacteria. Additionally, the betaine content in beets may help improve digestion by promoting the production of stomach acid and aiding in fat metabolism.

4. Brain Health Support:

The nitrates found in beet juice not only benefit physical performance but may also support cognitive function. Nitric oxide helps increase blood flow to the brain, delivering oxygen and nutrients essential for optimal brain health. Some research suggests that beet juice consumption may improve cognitive function, particularly in older adults.

5. Liver Function and Detoxification:

Beet juice contains compounds called betalains, which possess antioxidant and anti-inflammatory properties. These compounds support liver function by aiding in detoxification and neutralizing harmful free radicals. Regular consumption of beet juice may help protect the liver from oxidative stress and promote overall liver health.

6. Immune System Boost:

With its high vitamin C content and antioxidant properties, beet juice can bolster the immune system and help the body fend off infections and illnesses. Vitamin C is essential for immune cell function and plays a vital role in the body’s defense against pathogens.

Incorporating Beet Juice into Your Diet:

Incorporating beet juice into your diet is simple and versatile. You can enjoy it on its own as a refreshing beverage or incorporate it into smoothies, juices, or salad dressings for added flavor and nutritional benefits. Additionally, beet juice can be used as a natural food coloring agent in various recipes, adding a vibrant hue and nutritional boost.

Precautions and Considerations:

While beet juice offers numerous health benefits, it’s essential to consume it in moderation, as excessive intake may lead to temporary side effects such as gastrointestinal discomfort or changes in urine color. Individuals prone to kidney stones should also exercise caution due to beet juice’s oxalate content.

As with any dietary change or supplementation, it’s advisable to consult with a healthcare professional, especially if you have underlying health conditions or are taking medications.

Conclusion:

In summary, beet juice is a nutritional powerhouse that offers a myriad of health benefits, ranging from improved exercise performance and lower blood pressure to enhanced digestive health and immune system support. By incorporating beet juice into your diet, you can tap into its nutritional bounty and unlock the key to vibrant health and vitality. So, raise a glass of beet juice and toast to your well-being!

दुई हप्ताको भए पछि शिशुको टाउको पहिलो सेतो , चिल्लो कत्लाहरु देखिन थाल्छन् । जुन बढ्दै गएर गाला र डायपरको ठाउँमा पनि देखिन्छ। जसले गर्दा छाला रातो हुने हुन सक्छ। यो ३ महिनाको उमेर भएका ७०% शिशुमा देखिन्छ।

लक्षणहरू

रातो पत्र टाउकोमा

अनुहार, डायापरको ठाउँमा

हेर्दा जस्तो शिशुलाई यसले अप्ठेरो पर्ने दुःख दिने हुँदैन

टाउकोमा सेतो पहेंलो कत्लाहरु देखिन्छ, हातले चलाउँदा पाउडर जसरि निस्किन्छ। बिस्तारै अनुहार, घाँटी, काखी र डायपरको ठाउँतिर विस्तार हुन सक्छ। हेर्दा जस्तो शिशुलाई यसले चिलाउने, अप्ठेरो हुने चाई हुँदैन।

कारण

कसैलाई थाह छैन तर पनि केही सिद्धान्तहरू यस्ता छन्

  • आमाको हर्मनको प्रभावमा शिशुको छाला को ग्रन्थीले धेरै तेल बनाउँछ। उक्त तेलको को काराणाले यस्तो भएको हुन सक्छ
  • एक किसिमको ढुसी malasezia furfur काे कारण, जसले चाया बनाउँछ।

यो एलर्जी र संक्रमणबाट हुने भने होइन र सरसफाईसँग कुनै सम्बन्ध छैन।

के यो सरुवा रोग हो?

टाउको बाट अनुहार घाँटी काखी तथा डायपरको ठाउँमा सर्न सक्छ। एक व्यक्तिबाट अर्कोमा सर्दैन।

निदान कसरी हुन्छ?

चिकित्सकले हेरेर नै निदान गर्न सक्नुहुन्छ।

उपचार

केही दिन देखि हप्ता भित्रमा आफै हराउँछ उपचार गर्न जरुरी छैन

निम्न उपाय गरेर कम गर्न सक्नुहुन्छ

  • दिनमा एक पटक नरम स्याम्पुले सफा गर्ने
  • नरम कागियो? ब्रसले  बिस्तारै घोटेर निकाल्न सक्नुहुन्छ। तेल या Vaseline प्रयोग गरेर नरम बनाई निकाल्न सकिन्छ।
  • यसरी ठीक नभएमा डाक्टरले स्टेरोइडको मलम वा ढुसी कम गर्ने शयमपु दिन सक्नुहुन्छ।आफूखुसी औषधी प्रयोग नगर्नुहोला

डाक्टरलाई कहिले देखाउने?

  • बच्चालाई यसले अप्ठेरो भएमा
  • अरु ठाउँमा आएमा
  • संक्रमणको लक्षण जस्तै: रातो हुने पीप आउने ज्वरो आउने भएमा